सहमतिको प्रयासका लागि दुई अध्यक्षबीच वार्ता गर्न भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित गरे पनि वार्ता भने हुन सकेको छैन्।
दुई अध्यक्षबीच वार्ताकै लागि शनिबार बिहान टेलिफोन संवाद गरी दुई दिनका लागि बैठक स्गगित गर्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यता अध्यक्ष प्रचण्डको सचिवालय पनि प्रचण्ड अहिलेसम्म खुमलटारमै रहेको जानकारी दियो। ‘अध्यक्षज्यू निवासमै हुनुहुन्छ, दुई अध्यक्षबीच वार्ता भनिए पनि कतिबेला बस्ने भन्ने टुंगो भएको छैन’, सचिवालयका एक सदस्यले नेपालखबरलाई भने।

प्रतिक्रिया