समाज


आज कता–कता होला, ठूलो वर्षा र बाढीको सम्भावना?

आज कता–कता होला, ठूलो वर्षा र बाढीको सम्भावना?

नेपालखबर
असार २०, २०७७ शनिबार ०:५५,

आज (शनिबार) पनि देशभर मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम र ५ नम्बर प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। प्रदेश १, गण्डकी र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बुलेटिनअनुसार आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ।

बिहान ६ बजे जारी बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनिएकाे छ: 

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत  सम्भावना छ। तसर्थ ती प्रदेशमा नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

तल हेराैँ, माैसम पूर्वानुमान महाशाखाले जारी गरेकाे साेमबारसम्मकाे माैसमी अनुमान:

mausam20

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad