ad ad

समाज


ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

नेपालखबर
असार १७, २०७७ बुधबार ११:५३,

बाराको कलैयामा रोकि राखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका–१४ बगवन चोकमा रोकी राखेको ना ३ त ८००५ नम्बरको ट्याक्टरको टेलरमा ठोक्किएर ना १४ प २८९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ईनार्वासिरा–४ घर भई हाल परवानीपुर गाउँपालिका–५ बौहरी बस्ने ३० वर्षीय नुर हुँदा देवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरंगजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .