प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र पुगेका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्।
‘डाक्टरले बेलाबेलामा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिएअनुसार उहाँ परीक्षणका लागि अस्पताल जानुभएको हो,’ बजगाईंले भने।
प्रधानमन्त्री ओलीको गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको केहि वर्ष पहिले नै पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
दुई पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।
प्रतिक्रिया