भारतस्थित तपोवन, धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्यामसाइटमा ‘सिल्ट फ्लसिङ’ काम गर्नुपर्ने भएकाले आज (सोमबार) मध्यराति बाँधको ढोका खोलिने भएको छ।
भारतले पठाएको पत्रअनुसार बाँध आज राति १२ बजेदेखि भोलि (मंगलबार) साँझ पौने ७ बजेसम्म खोलिने भएको हुनाले महाकाली नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सम्बन्धित स्थानका बासिन्दालाई आग्रह गरेको छ।
बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले व्यास गाउँपालिका वडा नम्बर ५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई सतर्ककता अपनाउन दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले सूचनामार्फत आग्रह गरेका हुन्।
हेर्नुहाेस् सूचना:

3
Shares

प्रतिक्रिया