कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौडीकी पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिए।
शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पुर्याइएको उनले बताए। रासस
प्रतिक्रिया