मकवानपुरमा गुड्दै गरेको टिपरबाट लडेर एक व्यक्तिको ज्यान गएको छ।
भिमफेदी गाउँपालिका–७ दमारस्थित सडकमा भिमफेदीबाट ईपातर्फ जाँदै गरेको सगुन कन्ट्रक्सनको लु.१ क ४२२८ नम्बरको गुडिरहेको टिपरमा चढ्न खोज्दा लडेर सोही गाउँपालिका दमार बस्ने ६० वर्षीय जित बहादुर रानाको आइतबार दिउँसो मृत्यु भएको हो।
अचानक लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
टिपर र चालकलाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया