समाज


भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, २४ घण्टामा १८ हजारभन्दा बढी थपिए, ३८४ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, २४ घण्टामा १८ हजारभन्दा बढी थपिए, ३८४ को मृत्यु

नेपालखबर
असार १३, २०७७ शनिबार ५:४४,

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५५२ नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९५३ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या एकै दिन थपिएको संक्रमतिहरुको अहिलेसम्मकै उच्च संख्या हो।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ३८४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६८५ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ९५ हजार ८८० संक्रपमितहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १ लाख ९७ हजार ३८७ जनाका विभिन्न अस्पताल तथा होम क्वारेन्टिमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .