समाज


यूएनको कारमा यौन सम्बन्ध भइरहेको भिडियो भाइरल भएपछि तनाव

यूएनको कारमा यौन सम्बन्ध भइरहेको भिडियो भाइरल भएपछि तनाव

नेपालखबर
असार १३, २०७७ शनिबार ४:९,

इजरायलमा आफ्नो एक आधिकारिक कारमा यौन सम्बन्ध भइरहेको फुटेज सामाजिक सञ्जाल भाइरल भएपछि संयुक्त राष्ट्र संघ (यूएन) तनावमा परेकाे छ।

त्यस भिडियो क्लिपमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ।  

यो दृश्य इजरायलकाे तेल अविवको समुद्री किनारमा खिचिएको देखिन्छ। संयुक्त राष्ट्र संघले यसबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको जनाएको छ। भिडियोमा यौनरत मानिस चिन्न सकिने संघको भनाइ छ।

संयुक्त राष्ट्र संघले भनेको छः यौन भिडियोमा देखिएका व्यक्ति इजरायल शान्ति रक्षक दलका सदस्य हुन सक्छन्।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन दुजारिकले १८ सेकेन्डको त्यो भिडियोलाई बीभत्स भनेका छन्। ‘यदि ती मानिस यूएनकै सदस्य रहेछन् भने हामी जुन दुर्व्यवहारविरुद्ध लडिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र दुनियाँले हाम्रो आलोचना गर्नेछ।’ 

त्यो यौन सम्बन्ध दुवैको सहमति भएको हो वा पैसा लेदनमा? यस प्रश्नको जवाफमा प्रवक्ता दुजारिकले यसबारे अनुसन्धान भइरहेको बताए।

आफ्ना कर्मचारीको व्यवहार/आचरणका विषयमा संयुक्त राष्ट्र संघले कडा नीति अपनाएको छ। कुनै कर्मचारीले नियम उल्लंघन गरेको पाइए संघले अनुशानसको कारबाही गर्ने गरेको छ।

प्रवक्ता दुजारिकले भनेका छन्, ‘यस घटनाको चाँडै अनुसन्धान पूरा गर्नेछौं र दोषीलाई हदैसम्म कारबाही हुनेछ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad