समाज


विश्वमा कोरोना संक्रमण: यी हुन् अहिलेसम्मका ठूला ८ अपडेट

विश्वमा कोरोना संक्रमण: यी हुन् अहिलेसम्मका ठूला ८ अपडेट

नेपालखबर
असार १३, २०७७ शनिबार ३:२२,

–अमेरिकामा शुक्रबार मात्रै ४० हजार ८ सय ७० संक्रमित थपिएका छन्।

–ब्राजिलमा शुक्रबार अहिलेसम्मकै बढी संख्यामा संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ९ सय ९० जनाको मृत्यु भएको छ। सबै गरेर ब्राजिलमा संक्रमितको संख्या १३ लाख पुग्न लागेको छ।

–अस्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमण बढ्दै गएपछि त्रास निकै बढेको छ। त्यहाँ कहाँबाट कोरोना संक्रमण फैलिरहेको छ, रहस्यकै विषय बनेको छ।

–कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म ४ लाख ९३ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको कूल संख्या करोड पुग्नै लागेको छ।

–जापानमा शुक्रबार थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नै २४ घण्टामा संक्रमित थपिएको सबैभन्दा बढी संख्या हो।

–बेलायती सरकारले आगामी जुलाई ६ देखि विदेश यात्राको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। यसअन्तर्गत कम संक्रमण देखिएका देशबाट आएकाले क्वारेन्टिनमा बस्नुपर्दैन। ती देशमा फ्रान्स, स्पेन, इटाली र ग्रिस पर्छन्। तर बेलायतमा भन्दा बढी कोरोना संक्रमित भएका देशबाट आउँदा भने क्वारेन्टिनमा बस्नुपर्ने नियम बेलायत सरकारले बनाएको छ।

–ल्याटिन अमेरिकी देशमा ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिएको खबर आएको छ। अर्जेन्टिनी सरकारले ब्योन्स आयर्स र आसपासका क्षेत्रमा कडा रूपमा लकडाउन लागू गर्ने घोषणा गरेको छ। ताकी ती सहरबाट अन्य क्षेत्रमा संक्रमण फैलिन नपाओस्।

–भारतमा अहिलेसम्म ४ लाख ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ। गोवा राज्यका मुख्यमन्त्रीले संक्रमण समुदायस्तरमा फैलिन सुरु गरेको स्वीकार गरेका छन्। बीबीसी हिन्दी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad