ad ad

समाज


प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

गोकुल जोशी
असार ११, २०७७ बिहिबार १४:२७,

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

‘जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाउन सहजिकरण गरिदिने भन्दै घुस लिएको ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख महेश पाण्डेयले भने, ‘अहिले उहाँहरुलाई महेन्द्रनगर ल्याउँदै छौँ।’

विशेष सूचनाको आधारमा बिहीबार बेलुका धनगढी उपमहानगरपालिका–१ स्थित कानुन व्यवसायी विष्टको फर्ममा अख्तियारको टोलीले छापा हान्दा घुससहित दुई जना पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .