ad ad

समाज


गण्डकीमा थपिए ३२ संक्रमित, कुल संख्या ७२९ पुग्यो

गण्डकीमा थपिए ३२ संक्रमित, कुल संख्या ७२९ पुग्यो

वाशुदेव मिश्र
असार १०, २०७७ बुधबार १:५१,

गण्डकी प्रदेशमा ६ महिलासहित थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या सात सय २९ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ संक्रमित लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, बागलुङमा ९, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जना रहेका छन्।

शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम छन्। उनीहरुलाई बुधवार नै सम्बन्धित जिल्लाका आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेशबाट ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भएको छ।

हेर्नुस् स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोदबिन्दु शर्माले जारी गरेको विज्ञप्ति :

104655276 689993204890913 7115140803048229992 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .