ad ad

समाज


स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको आशंका

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको आशंका

नेपालखबर
असार ९, २०७७ मंगलबार ११:५१,

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले स्वास्थ्य सामग्री खरिदमा सरकारका निकायहरुले अनियमितता गरेको आशंका गरेको छ।

अपारदर्शी ढंगले हतार हतारमा स्वास्थ्य सामाग्री आपूर्ति गर्न अनुभवहीन ओम्नी समूहलाई ठेक्कापट्टा दिनु र सो समूहले समयमै सामाग्री आपूर्ति गर्न नसक्नु तथा आपूर्ति गरिएका सामाग्रीहरु पनि अत्यधिक महँगो तथा कम गुणस्तरका हुनुले उक्त ओम्नी समुहसँग गरिएको ठेक्कापट्टा असल मनसायले गरिएको थियो भनी विश्वस्त रहने अवस्था नदेखिएको ट्रान्सपरेन्सीले आरोप लगाएको छ।

व्यापक विरोध र जनदवावका कारण ओम्नी समुहसँगको ठेक्का रद्दगरी जिटुजी प्रकृयाबाट स्वास्थ्य सामाग्री आपूर्ति गर्ने जिम्मा नेपाली सेनालाई दिनेगरी सरकारले अर्को विवादस्पद निर्णय गरेको भन्दै निर्विवाद रहनुपर्ने नेपाली सेना जस्तो संस्थालाई उस्को कार्य प्रकृतिसँग मेल नखाने स्वास्थ्य सामाग्री खरिद तथा आपूर्ति गर्ने जिम्मेवारी दिएर सरकारले अर्को गम्भीर गल्ती गरेको ट्रान्सपरेन्सीले ठहर गरेको छ।

‘जिटुजी प्रकृया मार्फत सामाग्री खरिद गर्ने भनिए तापनि अधिकाशं खरिद प्रकृयामा विचौलिया तथा दलालहरुको व्यापक चलखेल हुने कुरा कसैबाट छिपेको छैन’ ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना मार्फत सम्पन्न उक्त स्वास्थ्य सामाग्री खरिद प्रकृयामा अनियमितता भएमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पुग्दैन। यस्तोमा आर्थिक हिनामिना हुनसक्ने सम्भावना रहिनै रहन्छ भन्ने जनस्तरको आशंकालाई नजर अन्दाज गर्न सकिदैन।’

सरकारले कोभिड–१९ को रोकथामका क्रममा व्यवस्थापन तथा स्वास्थ्य सामाग्री खरिद समेतमा करिब दश अरब (९ अरब ८७ करोड) रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको र ब्यापक विरोध भएपछि करिब डेढ अरब (८ अरब ४८ करोड) कम रुपैयाँको हिसाब प्रस्तुत गरेको विवरण सार्वजनिक गर्दै यसरी सत्यतथ्य भन्दा पनि हचुवाका रुपमा खर्च विवरणको नाममा निकासा भएको रकम मात्र प्रस्तुत गर्नुले पनि राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग भएको हुनसक्ने सम्भावना प्रवल देखिने ट्रान्सपरेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ।

राष्ट्रिय विपदको सम्बेदनशीलता र गम्भीरतालाई हृदयाङ्गम गर्दै सरकारले अझ बढि जवाफदेही, पारदर्शी र सदाचारी कार्यशैली अवलम्बन गरोस भन्दै अनियमिततामा संलग्न दोषीहरु उपर कडा कारवाही गर्न जोडदार माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .