समाज


काठमाडौंमा होटलभित्र भेटिए पेस्तोल बोकेका तीन व्यक्ति

काठमाडौंमा होटलभित्र भेटिए पेस्तोल बोकेका तीन व्यक्ति

नेपालखबर
असार ३०, २०७६ सोमबार ५:४३,

काठमाडौंको एक होटलभित्र लुटपाटकाे याेजना बनाइरहेका तीनजना  पेस्तोलसहित पक्राउ परेका छन्।

मित्रनगर नयाँ बसपार्कस्थित एक होटलबाट अटोमेटिक पेस्तोल र गोलीसहित नुवाकोटका दुईजना र एकजना भारत घर भएका व्यक्ति पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४, चौघडा घर भएका २९ वर्षीय प्रितम राई, वर्ष ३७ का रामकुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाडौंको टोखा बस्ने गरेका वर्ष ३६ का सविन खवासलाई आइतबार साँझ पक्राउ गरिएको हो।

उनीहरूका साथबाट मेड इन इटाली लेखिएको एक थान पेस्तोल र त्यसमा लाग्ने र ५ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

66597580 208220236771135 7337751514099744768 n

साथै उनीहरूले प्रयोग गरेका बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरका दुई मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबिन खवास २०७३ फागुन १९ मा नुवाकोट ह्याङफेदीका मनदोर्जे तामाङ्लाई अपहरण तथा शरिर बन्धक मुद्दामा हतियार सहित पक्राउ परि २०७५ मंसिर ४ मा
डिल्लीबजार कारागार बाट छुटेका थिए।
महानगरीय अपराध महाशाखाका अनुसार खवासले कारागार मुक्त भएपछि समुह बनाएर लुटपाटको योजना बनाएका हुन्। उनले केही महिना अघि पक्राउ परेका प्रितम र रामकुमारसँग मिलेर योजना बनाएको महाशाखाको दाबी छ।
खवासको समुहमा रहेका प्रितम समेतलाई नुवाकोट प्रहरीले गतवर्ष ज्यानमार्ने उद्योगमा पक्राउ गरेर कारबाही गरेको थियो। प्रितम र रामकुमारलाई खवासले नै हतियार लिएर काठमाडौं बोलाएका थिए।

 अभियुक्तहरूलाई महानगरीय अपराध महाशाखा (टेुक) मा राखेर थप अनुसन्धान भइरहेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .