समाज


खाडी मुलुकबाट एक लाख २७ हजार श्रमिक स्वदेश फर्कने तयारीमा

खाडी मुलुकबाट एक लाख २७ हजार श्रमिक स्वदेश फर्कने तयारीमा

नेपालखबर
असार ८, २०७७ सोमबार १३:५२,

खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन्।

सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन्।

वैदेशिक रोजगार विभागका कार्यकारी निर्देशक राजन श्रेष्ठले मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ लाख ८७ हजार ८ सय बढी श्रमिक रहेकोमा १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किन सक्ने बताए। सरकारले करिब ४५ हजारलाई चार्टर्ड उडान मार्फत ल्याइरहेको भएपनि १ लाख २७ हजार श्रमिक आममाफी पाएर र श्रमअवधि सकिएर फर्किने लाइनमा रहेको उनले बताए।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्देशक श्रेष्ठले वि.स. २०५० सालदेखि चालुआर्थिक वर्षको फागुन मसान्तसम्म ५४ लाख ९६ हजार ४ सय ६० जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको बताए। जसमा २ लाख ३७ हजार ९ सय ६१ जना महिला रहेका छन्। 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताए। जसमा २ हजार ७ सय ४२ जनालाई प्रदेशमा पठाइएको छ। लक डाउनको अवधिमा विभिन्न देशमा ३ सय १८ जनाको निधन भएकोमा १ सय १४ जनाको परिवारले उतै अन्तेष्टि गर्न अनुमति दिएको बताए। अहिलेसम्म ४० वटा शव नेपाल आइपुगेको र अझै १ सय ६४ वटा शव ल्याउन बाँकी रहेको उनले बताए।

समितिले नेपालमा काम गर्ने विदेशी कामदारहरुले श्रम स्वीकृति लिए/नलिएको विषयमा अनुगमन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। अनुगमनमा स्वीकृति नलिएको पाइए तत्काल कारवाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। समिति बैठकमा सांसदहरुले श्रमिकहरुलाई ल्याउने सम्बन्धमा सर्वोच्चले दिएको आदेशको पालना भए/नभएको बारेमा चासो राखेका थिए। नेपाल फर्किने नागरिकहरुको रोजगारी व्यवस्थापनका विषयमा पनि मन्त्रालयले गरिरहेका कामका विषयमा चासो राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad