राजनीति


संविधान संशोधन बहिष्कार गरेकोमा सरिता गिरीसँग समाजवादी पार्टीले माग्यो स्पष्टीकरण

संविधान संशोधन बहिष्कार गरेकोमा सरिता गिरीसँग समाजवादी पार्टीले माग्यो स्पष्टीकरण

नेपालखबर
असार ८, २०७७ सोमबार १३:५९,

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गर्ने तयारीस्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले गतसाता संविधान संशोधन गर्ने बेलामा पार्टी ह्वीप उल्लंघन गरेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले नेपालखबरलाई बताए।

गिरीलाई संविधान संशोधनबारेमा पार्टीको व्हिप उल्लंघन गर्नाको स्पष्टिकरण सात दिनभित्र दिन निर्देशन दिइएको छ।

स्पष्टिकरण चित्त नबुझे समाजवादीले गिरीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्नेछ।

जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले लिपुलेकसहितको नेपाली भूभाग समेटिएको अध्यावधिक नक्सा निशान छापमा राख्नको लागि संविधान संशोधन गर्ने क्रममा गिरीले पार्टी ह्वीपको बेवास्ता गर्दै मतदान नै नगरी संसद बैठक बहिस्कार गरेकी थिइन्।

उनलाई समाजवादीको संसदीय दलले स्पष्टिकरण सोध्दै कारवाही गर्न पार्टी केन्द्रीय समितिलाई पत्राचार गरेको थियो।

संसदीय दलको पत्र पाएपछि कारवाही गर्नुअघि स्पष्टिकरण सोधेको र चित्त नबुझे कारवाही गरिने श्रेष्ठले बताए।

त्यसैगरि सो बैठकले नागरिकतासम्बन्धी ३ वटा निर्णय गरेको छ।

समाजवादी पार्टीले नागरिकता ऐन २०६३ कै निरन्तता हुनुपर्ने, नागरिकता दिँदा लिङ्गभेद हुनु नहुने र यौनिक तथा अल्पसंख्यकहरुले नागरिकता लिन चाहँदा पहिचान खुलाएर लिन पाउनुपर्ने निर्णय पनि गरेको छ।

संसद्को राज्य व्यवस्था समितिले आइतबार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गरेको सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता पाउने गरि नागरिकता ऐन संशोधन गर्ने निर्णय गरेको भोलिपल्ट समाजवादी पार्टीको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad