समाज


आज थपिए ५ सय ३५ जना कोरोना संक्रमित, कुल संक्रमित ९५ सय ६१

आज थपिए ५ सय ३५ जना कोरोना संक्रमित, कुल संक्रमित ९५ सय ६१

नेपालखबर
असार ८, २०७७ सोमबार १०:३९,

आज नेपालमा जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये ७४ महिला र ४ सय ६१ पुरुष रहेका छन्।

योसँगै कुल संक्रमित संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ। यसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २२ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा पीसीआर ६ हजार १ सय ९८ परीक्षण भएको बताए।

उनले क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ र डिस्चार्ज हुनेमा ३ सय ७० जनासहित आजसम्म २ हजार १ सय ४२ जना डिस्चार्ज भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad