समाज


बेइजिङमा थप २२ व्यक्तिमा कोरोना संक्रमण, चीनका संक्रमितमा युरोपेली लक्षण देखियो

बेइजिङमा थप २२ व्यक्तिमा कोरोना संक्रमण, चीनका संक्रमितमा युरोपेली लक्षण देखियो

नेपालखबर
असार ७, २०७७ आइतबार ८:५३,

चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो।

केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो।

आइतबार सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी नर्सपनि रहेको बेइजिङले जनाएको छ। सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना सङ्क्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।

पछिल्लो पटक सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ।

यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ। चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री खासगरी सीफुडको परीक्षणमा कडाई गरेको थियो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

पछिल्लो चरणमा सङ्क्रमण पुष्टि भएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए।

चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उहाँको दावी रहेको छ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन्। यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad