समाज


संक्रमित बढ्दै गएपछि ट्रम्पले कोभिड–१९ परीक्षणमा ढिलाई गर्न सुझाब दिए

संक्रमित बढ्दै गएपछि ट्रम्पले कोभिड–१९ परीक्षणमा ढिलाई गर्न सुझाब दिए

नेपालखबर
असार ७, २०७७ आइतबार ७:२४,

स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन्।

ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भने, “हेर्नुस्, सबैलाई थाहा भएकै कुरा हो यो भाइरस चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।”

निर्वाचन अभियानमा ट्रम्पले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन्। उनको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन्।

Fox News Poll: Voters say no to rallies and yes to facemasks ahead ...

ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति ‘दुई करोड ५० लाख भन्दा बढी’ को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो।

चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन्।”

अमेरिकी जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६६२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा एक लाख १९ हजार ७१९ सङ्क्रमितको मृत्यु भएको छ। एजेन्सी

Trump has no plans to wear mask at massive rally Video - ABC News

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad