समाज


पर्वतमा खस्यो पहिरो, बिहानैदेखि मध्यपहाडी लोकमार्ग बन्द

पर्वतमा खस्यो पहिरो, बिहानैदेखि मध्यपहाडी लोकमार्ग बन्द

नेपालखबर
असार ६, २०७७ शनिबार ४:१८,

गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड बन्द भएको छ।

आज बिहान पहिरो गएको हो। जसका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको छ।

‘स्काभेटरले पहिरो हटाउँदै छ,’ प्रहरी निरिक्षक सुवेदीले भने, ‘वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ।’

पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि काटिएको छ। पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा बन्द भएको हो।

विद्युत् प्रसारण सञ्चालन गर्न काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ। पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad