भोजपुरको षडानन्द नगरपालिका-२ कुदाकाउलेको ताबुमा पेस्तोल र विस्फोटक पदार्थ फेला परेका छन्।
प्रहरीका अनुसार बाँदर रुङने टहरोमा १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद भएका हुन्।
बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले टहरोमा शंका लागेर चेकजाँच ती सामान इलाका प्रहरी कार्यालय दिङलाका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले आज जानकारी दिए। रासस

प्रतिक्रिया