विश्वभर कोरोना भाइरसको संक्रमण झन् तीब्र गतिमा बढ्न थालेको छ।
गएको २४ घण्टामा विश्वरभ एक लाख ७६ हजार दुई सय ७० जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या कोरोना भाइरस फैलिएयता एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
वल्र्डओमिटरकाअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४६ हजार दुई सय ५५ पुगेको छ। यो तथ्यांक शनिबार बिहान ६ बजेसम्मको हो।
गएको २४ घण्टामा भारतमा १४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १४ हजार सात सय ७२ जनामा संक्रण पुष्टि भएको छ।
यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संक्रमणको कारण शुक्रबार भारतमा तीन सय ६६ जनाले ज्यान गुमाएका छन्।
भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ९५ हजार आठ सय १२ पुगेको छ। संक्रमणबाट अहिलेसम्म भारतमा १२ हजार नौ सय ७० जनाले ज्यान गुमाएका छन्।
विश्वभर गएको २४ घण्टामा पाँच हजार १८ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ६१ हजार सात सय ७२ पुगेको छ।
गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय २१ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी अमेरिकामा ७०८, मेक्सिकोमा ६६७, चिलीमा २५२, पेरुमा १९९, रुसमा १८१, बेलायतमा १७३, पेरुमा १९९, इरानमा १२०, पाकिस्तानमा १३६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया