समाज


पछिल्लो २४ घण्टामा २ जना काेराेना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा २ जना काेराेना संक्रमितको निधन

नेपालखबर
असार ४, २०७७ बिहिबार १०:४६,

नेपालमा पछिल्लो २४ घण्टामा दुई जना काेराेना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि धनगडीकै नवजीवन अस्पतालमा उपचारका लागि गएका उनलाई जेठे ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उनलाई सेती प्रदेशिक अस्पताल सारिएको र उपचारकै क्रममा बुधबार बेलुका ७ बजेर ५२ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै कैलालीकै लम्की चुहा नगरपालिका– २, की ४३ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको हो।

उनको जेठ ३१ गते टाउकोमा चोड लागेको र सबड्युरल हेमाटोमा भएका कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना गरिएको थियो।

सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोरोना पुष्टि भएको थियो भने उनको मृत्यु मंगलबार (असार) २ गते नै भएको थियो।

पछिल्लो दुई जना थपिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad