ad ad

समाज


ङादी जलविद्युत् आयोजनामा ढुंगा खसेर लाग्दा एक चिनियाँको मृत्यु, एक घाइते

ङादी जलविद्युत् आयोजनामा ढुंगा खसेर लाग्दा एक चिनियाँको मृत्यु, एक घाइते

नेपालखबर
असार ४, २०७७ बिहिबार ८:३०,

ढुंगा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन्।

आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुंगा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। ढुंगाले ट्रकमा समेत क्षति पुगेको छ।

त्यस्तै आयोजनाकै इन्जिनियर लुच्याङ घाइते भएको र उनको बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए। दुवै चिनियाँ नागरिक हुन्। मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ।

मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .