अर्घाखाँचीको शितगंगा नगरपालिकाको एउटा क्वारेन्टिनमा रहेका एक पुरुष बुधबार बिहान झुण्डिएर मृत अवस्थामा भेटिएका छन्।
शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीका अनुसार ती व्यक्ति गतमहिना भारतबाट आएका हुन्।
अधिकारीका अनुसार आरडीटी परीक्षणमा पोजिटिभ देखिएका तीनजनालाई एउटा कोठामा राखिएको थियो।
उनी ओछ्यानको तन्दा प्रयोग गरेर क्वारेन्टिन नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
‘राती ३ बजे उनले मलाई डर लाग्यो भनेर अरुलाई पनि उठाएछन्, त्यसपछि तीनै जना पिसाब फेरेर सुतेका रहेछन्,’ अधिकारीले नेपालखबरसँग भने, ‘फर्केर आएपछि अरु दुई जना निदाएछन्, उनी बिहान मृत अवस्थामा भेटिए।’
उनको स्वाब पीसीआर परीक्षणका लागि भैरहवास्थित ल्यावमा पठाइएको छ।
‘पोष्टमार्टम लगायत कामहरु उनको रिपोर्ट आएपछि गरिनेछ,’ अधिकारीले भने।
गएराति उनले फोनमा लामो कुराकानी गरिरहेको जानकारी पाएको र अन्य कुराहरु अहिले अनुसन्धान भएको उनले बताए।
Shares
प्रतिक्रिया