पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा शनिबार पहिरो जाँदा दुई परिवारका ९ जनाको ज्यान गयो। झन्डै २ किलोमिटरसम्म पहिरो गएको स्थानमा राष्ट्रियसभाका अध्यक्षसहितको टोलीले स्थलगत अनुमन गरेको छ।
त्यस क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि घटनास्थल पुगेका थिए। उनले स्थलगत अध्ययन गर्दै बाक्लो जंगल भएको त्यो ठाउँमा पहिरो जाने जोखिम नहुँदा नहुँदै पनि विध्वंश किसिमले गएको पाइएकाे बताएका छन्। अब यसकाे विस्तृत अध्ययन गरी पहिराे जानुपूर्व नै संकेत पत्ता लगाउन प्रयास गरिने जानकारी दिएका छन्।
हेराैँ ८ जनाकाे मात्र शव भेटिएका बेला उनले तयार पारेको यो स्थलगत भिडियो रिपोर्ट:
पर्वतको पहिरोबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको स्थलगत रिपोर्ट । pic.twitter.com/f5m6VvLrRx
— NDRRMA (@NDRRMA_Nepal) June 15, 2020

प्रतिक्रिया