कोरोना संक्रमित धेरै भएका विश्वका मुलुकमा भारत भारत चौथो स्थानमा पुगेको छ। संक्रमित धेरै भएका अमेरिका, ब्राजिल र रुसपछि भारत छ। लकडाउन केही खुकुलो भएसँगै भारतमा संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ।
वल्र्डओमिटरका अनुसरा अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ८२ हजार नौ सय ११ पुगेको छ। त्यसैगरी ब्राजिलमा आठ लाख ९१ हजार पाँच सय ५६ पुगेको छ भने रुसमा संक्रमितको संख्या पाँच लाख ३७ हजार दुई सय १० छ।
चौथो स्थानमा रहेको भारतमा मंगलबार बिहान ६ बजेसम्म संक्रमितको संख्या चार लाख ४३ हजार २६ पुगेको छ।
संक्रमणको कारण अहिलेसम्म भारतमा नौ हजार नौ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार त्यहाँ तीन सय ९५ जनाले ज्यान गुमाएका छन् भने १० हजार भन्दा धेरै संक्रमित थपिएका छन्।
त्यसैगरी गएको २४ घण्टामा विश्वभर गरेर तीन हजार चार सय दुई जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म यसको संक्रमणबाट चार लाख ३८ हजार पाँच सय ८३ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा विश्वभर १ लाख २४ हजार पाँच सय ६१ जना नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८१ लाख आठ हजार ६ सय २८ पुगेको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा साढे २३ हजारभन्दा धेरै, अमेरिकामा बीस हजार ६ सय भन्दा धेरै र रुसमा ८ हजारभन्दा धेरै संक्रमित थपिएका छन्।

प्रतिक्रिया