ad ad

समाज


पहाडी क्षेत्रका क्वारेन्टिनको हालत पनि उस्तै : आरडीटी परीक्षण समेत भएन, यतिकै घर पठाउने तयारी

पहाडी क्षेत्रका क्वारेन्टिनको हालत पनि उस्तै : आरडीटी परीक्षण समेत भएन, यतिकै घर पठाउने तयारी

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ११:२०,

तराई क्षेत्रको क्वारेन्टिन अव्यवस्थित भएको तथा क्वारेन्टिनमा बसेकाको समयमै परीक्षण नभएको गुनासो आइरहँदा पहाडी क्षेत्रका क्वारेन्टिनको हालत पनि उस्तै रहेको पाइएको छ।

डोल्पाको ठूलीभेरी नगरपालिकाको क्वारेन्टिन पनि यस्तै अव्यवस्थित रहेको र सयभन्दा बढी क्वारेन्टिनमा रहे पनि आरडीटी परीक्षण समेत नभएको पाइएको हो।

क्वारेन्टिनमै बसेका एक जनाले फोनमा भने, ‘एक सयभन्दा धेरै यो क्वारेन्टिनमा हुनुहुन्छ तर आरडीटी परीक्षणसमेत हुन पाएको छैन।’

dolpa quarantine 1

आफू क्वारेन्टिनमा बसेको ११ दिन भएको बताउने ती व्यक्तिले भने, ‘परीक्षणविनै घर पठाउने तयारी गरिएको छ।’

उनका अनुसार केही पहुँचवाला र जिल्ला चहारिरहने सामान्य अवस्थाका मानिसले पीसीआर परीक्षणसमेत गर्न भ्याएका छन्।

‘जसलाई परीक्षण गर्नुपर्ने हो उसलाई गरिएको छैन’, उनले नेपालखबरसँग भने, ‘जसलाई आवश्यक छैन, उसलाई भने गरिएको छ।’

dolpa quarantine 2

क्वारेन्टिनमा बसेकाहरुले परीक्षणको माग उठाउँदा किट नभएको जवाफ दिने गरेको उनले बताए।

उक्त क्वारेन्टिनमा बस्न र खानको लागि चामल, नुन र तेल भने दिइएको उनले सुनाए।

ती व्यक्तिले भने, ‘मेरो आफन्त दुनै (डोल्पा सदरमुकाम) अस्पताल जानुभएको छ, उहाँको आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ आयो तर पीसीआर गरौँ न त भन्दा किट छैन भन्छन्।’

dolpa quarantine 5

क्वारेन्टिनमा दिनहुँ ज्वरो नाप्नेबाहेक अरु केही नभएको उनले बताए। डोल्पाका कतिपय नगरपालिकाले सहरबाट फर्किएकाहरुलाई होटलमा समेत राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .