नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन्।
नयाँ कोरोना संक्रमितमध्ये २९४ पुरुष र २० महिला रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा कुल कोरोना संक्रमितमध्ये ३ हजार २ सय ६० जना आइसोलेसनमा उपचार गराईरहेका छन भने डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ।
प्रतिक्रिया