ad ad

समाज


जोर्ज फ्लोएड हत्या प्रकरणपछि मिनियापोलिसमा प्रहरी चौकी बन्द गर्नुपर्ने आवाज उठ्यो

जोर्ज फ्लोएड हत्या प्रकरणपछि मिनियापोलिसमा प्रहरी चौकी बन्द गर्नुपर्ने आवाज उठ्यो

नेपालखबर
जेठ २६, २०७७ सोमबार ८:३०,

गत मे २५ मा मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाइएको जोर्ज फ्लोएडको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिच्दा उनको मृत्यु भएको थियो।

प्रहरीको रंगभेदी दृष्टिकोणका कारण फ्लोएडको हत्या भएको भन्दै यतिबेला विश्वभर ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने अभियान संचालन भइरहेको छ।

आइतबार पनि अमेरिकामा प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन भएको थियो। यसबीचमा फ्लोएडको हत्या जुन स्थानमा भयो त्यहाँ प्रहरी चौकी बन्द हुनुुपर्ने आवाज उठ्न थालेको छ।

मिनियापोलिस शहरको सिटी काउन्सिलका १३ काउन्सलरमध्ये ९ जनाले सुरक्षाको नयाँ मोडल बनाउनुपर्ने बताएका छन्।

मानिसहरुले भने प्रहरी विभाग भंग गर्नुपर्ने आवाज उठाइरहेका छन्। यसबीचमा मिनियापोलिसका काउन्सलरहरुले सुरक्षा मोडल नयाँ बनाउने बताएपछि यसले प्रहरीबाट हुने हिंसा कम हुने विश्वास व्यक्त गरिएको छ। एजेन्सी

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .