दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित आइतबार कोरोना जितेर घर फर्केका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन्।
तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ।
उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमितको उपचार भइरहेको छ। रासस

प्रतिक्रिया