समाज


मिनेट मिनेटमा संक्रमितको मृत्यु हुन थालेपछि ब्राजिलले सरकारी वेबसाइटबाट कोरोना तथ्यांक हटायो

मिनेट मिनेटमा संक्रमितको मृत्यु हुन थालेपछि ब्राजिलले सरकारी वेबसाइटबाट कोरोना तथ्यांक हटायो

नेपालखबर
जेठ २५, २०७७ आइतबार ६:४,

राष्ट्रपति जायर बोल्सोनारोको चर्को आलोचना हुन थालेपछि ब्राजिलले महिनौंयता राखेको कोरोना तथ्यांक हटाएको बीबीसीले जनाएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालकाअनुसार अब ब्राजिलले २४ घण्टामा कति संक्रमित भए, कति निको भए र कतिको मृत्यु भयो भन्नेबारे मात्र जानकारी दिनेछ।

राष्ट्रपति बोल्सोनारोका अनुसार कोरोना तथ्यांकले ब्राजिलको वास्तविक यथार्थलाई झल्काउन सक्दैन।

ब्राजिल यतिबेला कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा छ। अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित देश हो।

हाल ब्राजिलमा कोरोनाका कारण हुने मृत्युदर सबैभन्दा उच्च छ। रोयटर्सले शनिबार ब्राजिलमा मिनेट मिनेटमा मानिसको मृत्यु भइरहेको जनाएको थियो।

विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोनाको प्रभाव त्यहाँ उच्च भएकाले हाललाई लकडाउन नखोल्न भनेको छ। तर लकडाउन खोल्न नपाए आफूले डब्लूएचओको सदस्य नै नबन्ने बोल्सोनारोले चेतावनी दिएका छन्।

बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रोग भएको बताउँछन्। देशमा कोरोनाको नियन्त्रण गर्न नसकेको भन्दै बोल्सोनारोको चर्को आलोचना भइराख्दा अब ब्राजिलले दैनिक तथ्यांक मात्र प्रकाशित गर्ने भएको हो।

बीबीसीका अनुसार ब्राजिलमा ६ लाख ४० हजारमा कोरोना पुष्टि भएको छ। त्यहाँ ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad