समाज


कोरोनाबाट विश्वमै सर्वाधिक पीडितमध्ये छिमेकी मुलुकु भारत पाँचौं नम्बरमा

कोरोनाबाट विश्वमै सर्वाधिक पीडितमध्ये छिमेकी मुलुकु भारत पाँचौं नम्बरमा

नेपालखबर
जेठ २५, २०७७ आइतबार ०:४८,

कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी पीडित देशमा छिमेकी मुलुक भारत पाँचौं नम्बरमा परेको छ।

स्पेन र इटलीमा भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै देखिएको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ६ सय ५७ जना संक्रमित भइसकेका छन् भने ६ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ।

बीबीसी हिन्दीका अनुसार संक्रमितमध्ये ११ हजार ७२ जना निको भइसकेका छन् भने अझै १ लाख १५ हजार ९ सय ४२ जना अस्पतालमै छन्।

विश्वमा काेराेनाबाट सबैभन्दा अहिले अमेरिका छ। जहाँ १९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ९ हजारभन्दा बढी व्यक्तिकाे मृत्यु भइसकेकाे छ।

अमेरिकापछि विश्वमा काेराेनाबाट सबैभन्दा पीडित ब्राजिल बनेकाे छ, जहाँ अहिलेसम्म संक्रमितकाे संख्या ६ लाख ७३ हजारभन्दा माथि पुगिसकेकाे छ भने साढे ३५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad