ad ad

समाज


भरतपुर अस्पतालको आईसीयूमा युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

भरतपुर अस्पतालको आईसीयूमा युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

नेपालखबर
जेठ २४, २०७७ शनिबार १०:३१,

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा आज (शनिबार) एक युवकको मृत्यु भएको छ।

चितवन माडीका २७ वर्षीय युवकको उपचार गर्दागर्दै बिहान मृत्यु भएको हो।

शुक्रबार साँझ उनलाई ज्वरो आएपछि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखी उपचार थालिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।

स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको अस्पतालले जानकारी दिएको छ।

ती युवक केही दिनअघि मात्र भारतबाट चितवन आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .