मालिमा गरिएको कारवाहीमा आतंकवादी संगठन अलकायदाका अफ्रिकी प्रमुख मारिएको फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लिले बताएकी हुन्।
गत बुधबारको कारवाहीमा अब्देलमलिकसहित समूहका अन्य सदस्यहरु पनि मारिएको बीबीसीले जनाएको छ।
पार्लिका अनुसार गत मेबाट फ्रान्सले थालेको कारवाहीमा अलकायदाका वरिष्ठ कमाण्डर पनि पक्राउ परेका छन्।
उनी भन्छिन्,‘हाम्रा सुरक्षाकर्मी र त्यहाँका सरकारी सेनाले संयुक्त रुपमा अलकायदाविरुद्धको अभियान निरन्तर चलाउनेछन्।’
प्रतिक्रिया