समाज


वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध छन् यी सडक

वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध छन् यी सडक

नेपालखबर
असार २८, २०७६ शनिबार ५:४६,

 तीन दिनदेखि निरन्तररुपमा भएको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमनमा अवरोध भएको छ।

बाढी र पहिरोका कारर्ण बीपी राजमार्ग र महेन्द्र राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती ब्योहोर्नु परेको छ।

जितपुर सिमरा उपमहानगरपालिका १२ मा भएको डुबानका कारण महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।

यस्तै काभ्रेको रोशी गाउँपालिका मास्तीमा लेदो आई सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्सस्तै नौबिसेदेखि हेटौडा जाने सडक खण्डका विभिन्न अस्थालमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ। त्यस्तै कालीगण्डकीमा आएको बाढीका कारण बेनी–मुस्ताङ सडकखण्ड अवरुद्ध बनेको छ।

त्यस्तै वर्षासँगै आएको बाढी र पहिरोका कारण लमजुङ– मनाङ, मन्थली–काठमाडौँ, फलेफ –काठमाडौँ र कर्णाली राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नारायणगढ काठमाडौँ, पोखरा काठमाडौँ सडक भने सुचारु रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .