समाज


वर्षा विपद् : मृतक संख्या २६ पुग्यो, बेपत्ता १५

वर्षा विपद् : मृतक संख्या २६ पुग्यो, बेपत्ता १५

नेपालखबर
असार २८, २०७६ शनिबार ५:३०,

लगातार वर्षापछि आएको बाढी तथा खसेको पहिरामा परी मृत्यु भएकाको संख्या २६ पुगेको छ। १५ जना हराइरहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयकाे शनिबार बिहान १० बजेसम्मकाे तथ्यांकअनुसार वर्षाको विपदमा परी मुलुकभर ज्यान गुमाएकाको संख्या २६ पुगेको हो।

जसअनुसार खोटाङ, काठमाडौं, ललितपुर र काभ्रेमा ३/३, मकवानपुर, धादिङ, भोजपुरमा २/२, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १/१ जनाको मृत्यु भएको हो।

यसैगरी १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरूमा सिन्धुलीमा ४, भोजपुरमा २, पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, धादिङ र काठमाडौंका १/१ जना छन्।

यस्तै बाढीपहिरोमा परी ११ जना घाइते भएका छन्। जसमा धादिङ र मकवानपुरका ३/३, काभ्रेका २, खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखाका १/१ जना घाइते छन्।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोमा फसेका १२३ जनाको उद्धार गरिएको नेपाल प्रहरी केन्द्रीय कार्यालयका निमित्त प्रवक्ता एसपी रमेश थापाले नेपालखबरलाई जानकारी दिए। 

वर्षाबाट भएको जनधनको क्षति संकलनको क्रम जारी रहेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .