समाज


डोटीमा भारतबाट आएका दुई महिलाले क्वारेन्टिनमै जन्माए छोरा

डोटीमा भारतबाट आएका दुई महिलाले क्वारेन्टिनमै जन्माए छोरा

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार २:२,

भारतबाट रोजगारी गरी फर्किका डोटीका दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका छन्।

दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका दुई महिलाले क्वारेन्टिमै शिशुलाई जन्म दिएका हुन्। उनीहरु केही दिनअघि आफ्ना पतिसँगै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए।

१२ जेठमा भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका-२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बसेकी २१ वर्षीया गीता आउजीले छोलालाई जन्म दिएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।

सुत्केरी गीता बसेको क्वारेन्टिनमा अरु ७४ जना छन्। शआमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएका छौँ,’ वडाध्यक्ष खड्काले भने, ‘आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ।’

त्यसैगरी शिखर नगरपालिका ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी २५ वर्षीया पुजा सार्कीले पनि छोरालाई जन्म दिएकी छन्।

भारतको मुम्बइबाट १५ जेठमा पतिसँगै घर फर्किएर उनी पनि क्वारेन्टिन बस्दै आएकी थिइन्। पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिएकी शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए।

अहिले सुत्केरी दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad