ad ad

समाज


टोस्टमास्टर्स पब्लिक स्पीकिंग च्याम्पियनशिपमा नेपालको प्रबलता

टोस्टमास्टर्स पब्लिक स्पीकिंग च्याम्पियनशिपमा नेपालको प्रबलता

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १५:२२,

नेपालका तीन टोस्टमास्टर्सले इतिहास रचेका छन्। डिभिजन ए को प्रतिनिधित्व गर्दै टोस्टमास्टर्स प्रिया चापागाँई (स्पीच इभ्यालुयसन प्रतियोगीता), एल्फा एम शाक्य (अन्तर्राष्ट्रिय स्पीच प्रतियोगीता) र असीरा खनाल (टेबल टपिक प्रतियोगीता) ले मे २९ देखि ३१ तारिखसम्म आयोजना गरिएको डिस्ट्रिक्ट ४१ स्पीच प्रतियोगीतामा विजेता बनेका छन्।

स्पीच प्रतियोगीता पहिलो पटक क्लब लेबलबाट शुरु भएको हो। त्यसपछि विजेताहरु एरिया हुँदै डिभिजन लेबलसम्म पुगेका हुन्। डिभिजनका च्याम्पियनहरुले त्यसपछि डिस्ट्रिक्ट सेमीफाइनलमा प्रतिस्पर्धा गरेका थिए जुन डिस्ट्रिक्टको फाइनलमा गएर समाप्त भयो।

बंगलादेश, भुटान, भारत (उत्तर र पूर्व) र नेपालसहित गरेर ६ हजार भन्दा बढी सदस्यहरु सम्मिलित उक्त प्रतियोगीतामा अहिलेसम्म नेपालका कसैले पनि डिस्ट्रिक्ट ४१ मा डिस्ट्रिक्ट च्याम्पियनशिप उपाधी जितेका थिएनन्।

खनाल कम्यूनिटी क्लब हिमालयन टोस्टमास्टर्सकी सदस्य हुन् भने चापागाँई र शाक्य काठमाडौं यूनिभर्सिटी स्कुल अफ म्यानेजमेनटद्वारा स्थापीत क्लब, केयू—सोम टोस्टमास्टर्सका सदस्य हुन्।

‘ह्याट्रिक जीतले नेपालमा टोस्टमास्टरहरुको क्षमता र उनीहरु विश्वस्तरीय हुन् भन्ने विश्वास गराउन बढ्दो दृढता प्रदर्शन गर्यो र गुणस्तरीय पेड अफमा केन्द्रित रह्यो’ , डिभिजन डिरेक्टर (२०१९—२०) सुमन शाक्यले चर्चा गरे।

डीटीएम जसको नेतृत्व टोलीले यस वर्ष धेरै माइलस्टोर हासिल गर्यो। शाक्यले अन्तर्राष्ट्रिय स्पीच प्रतियोगीतामा डिस्ट्रिट सेमी फाइनल १ का लागि कन्टेस्ट चेयरको रुपमा पनि सेवा गरेका थिए।

प्रत्येक वर्ष टोस्टमास्टर्स इन्टरनेशनलले १४३ देशहरुमा फैलिएका आफ्नो तीन लाख ५८ हजार सदस्यहरु बीच पब्लिक स्पीकिंगको वल्र्ड च्याम्पियन आयोजना गर्दै आइरहेको छ। अल्फा एम शाक्यले अब डिस्ट्रिक्ट ४१ को प्रतिनिधित्व गर्दै क्षेत्रीय क्वाटर फाइनलमा सहभागी जनाउनेछिन्।

हाल क्लब ग्रोथ डिरेक्टर, डिस्ट्रिक्ट ४१ का डीटीएम रञ्जित आचार्यले भने, ‘वल्र्ड स्टेज फाइनलमा नेपालको प्रतिनिधित्व हुनु हाम्रो लागि ठुलो गर्वको कुरा हो।’ आचार्यले डिस्ट्रिक्ट टेबल टपीक फाइनलमा कन्टेस्ट मास्टरको रुपमा सेवा गरेका छन्।

नेपालमा टोस्टमास्टर्सको शुरुवात सन् १९९१ मा भएको थियो भने सन् २००४ मा मात्र दोस्रो क्लब खुलेको हो। नेपालले ८ वटा क्लबका साथ सन् २०१७ मा डिस्ट्रिक्ट ४१ मा सामेल भएपछि मात्र टोस्टमास्टर्सप्रति चासो बढेको हो। हाल नेपालमा ३४ वटा क्लब छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .