समाज


कोरोनाबाट रोहिंग्या शरणार्थीको पहिलो मृत्यु

कोरोनाबाट रोहिंग्या शरणार्थीको पहिलो मृत्यु

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ८:११,

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो। तर, उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो।

ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे। यस शिविरमा मात्र २९ जना रोहिंग्यामा कोरोना पोजिटिभ देखिएको छ। म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिंग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ।

हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिंग्याहरु रहेका छन्। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad