समाज


कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ४:१६,

नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको बताएका छन्।

साेमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले पछिल्ला दिनमा आयुर्वेद चिकित्साको महत्व बढ्दै गएको बताए। ‘हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ,’ उनले भने।

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ। कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन्। यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पुर्‍याउनुपर्ने बेला आएको पौडेलले बताए।

कार्यक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पाँचसय थान ज्याकेट वितरण गरेको छ। स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो।

कार्यक्रममा अध्यक्ष पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष डा.ज्ञवालीले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा रहेको बताए। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ। नेपालीको रोगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad