ad ad

समाज


विदेशबाट नेपाली ल्याउन दैनिक १० उडान गरिने, पहिलो प्राथमिकता नेपाल एयरलाइन्सलाई

विदेशबाट नेपाली ल्याउन दैनिक १० उडान गरिने, पहिलो प्राथमिकता नेपाल एयरलाइन्सलाई

उजिर कार्की
जेठ १९, २०७७ सोमबार ११:११,

सरकारले विदेशमा रहेका नेपालीलाई दैनिक १० वटा उडानका दरले स्वदेश फर्काउने निर्णय गरेको छ।

पहिलो चरणमा एउटा देशमा एउटा विमान मात्र पठाइने छ। त्यसपछि धेरै नेपाली रहेका मुलुकबाट थप उडानमार्फत उनीहरुलाई ल्याइनेछ।

पछिल्लो मन्त्रिपरिषदको बैठकले नेपाली फिर्ता ल्याउने कार्यविधि पारित गरेपछि यस्तो कार्ययोजना तयार गरिएको हो।

सरकारले विदेशबाट आफ्ना नागरिक ल्याउन आफ्नै देशका विमानलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। नेपाल एयरलाइन्सलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि नेपालका अरु वायुसेवा कम्पनीका विमानले प्राथमिकता पाउने छन्।

अपुग भए मात्र अन्य मुलुकका विमान प्रयोग गरिनेछ।

नेपालमा ल्याएर स्वास्थ्य परीक्षण गर्नु पर्ने, संक्रमण देखिए अस्पताल र नभए सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ।

फर्किने व्यक्तिले उडानभन्दा अघि नै कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्ट देखाउनु पर्नेछ।

नेपाल ल्याइसकेपछि हरेक प्रदेशका नागरिकलाई छुट्टाछुट्टै होल्डङ सेन्टरमा लगिनेछ। विमानस्थलमा उत्रिएपछि अध्यागमन र भन्सारको प्रक्रिया पूरा गरेपछि सीधै होल्डिङ सेन्टरमा लगिने छ। त्यहाँबाट नेपाली सेनाले सम्बन्धित प्रदेशका प्रतिनिधिको जिम्मा लगाउने छ।

१००.४ डीग्री फरेनहाइटभन्दा बढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिने छ।

होल्डिङ सेन्टरमा उनीहरुको पालिकागत विवरण र सम्पर्क नम्बर संकलन गरिनेछ। मोबाइल नम्बर नभएकालाइृ निशुल्क सिम कार्ड उपलब्ध गराइनेछ।

उनीहरु आउनु पहिले नै सम्बन्धित देशका दूतावासले विवरण संकलन गरेर स्वास्थ्य, गृह, पर्यटन मन्त्रालय र कोरोना जोखिम व्यवस्थापन समितिमा उपलब्ध गराउने छ।

सोही विवरणमा आफ्नै खर्चमा होटलमा बस्ने कि स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा भन्ने प्रस्ट खुलेको हुनेछ। सोही विवरण अनुसार सेनाले होटल लैजाने वा क्वारेन्टिन भन्ने छुट्याउने छ।

फिर्ता प्रक्रिया कुन दिनदेखि सुरु गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .