कैलालीको चुरे गाउँपालिका–३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा मजदुरी गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका–४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन्। पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका उनीहरुलाई खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएको बताइएको छ।
ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया