गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार सोमबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, कावासोती नगरपालिकाका २ जना तथा विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।
कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका बर्ष २२ र ३६ का २ जना पुरुष तथा विनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोही गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एकजना १४ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।


प्रतिक्रिया