समाज


नेपालमा थप ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६१५ पुग्यो

नेपालमा थप ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६१५ पुग्यो

नेपालखबर
जेठ १९, २०७७ सोमबार ३:३७,

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

याेसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ। नयाँ संक्रमित दैलेख, जुम्ला, पाल्पा, रुपन्देही लगायतका जिल्लाका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो। दैलेखका संक्रमितमध्ये दुई महिला छन्। जुम्लाका १९ जना संक्रमित सबै पुरुष भएका प्रतिष्ठनले जनाएको छ।

यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न भने बाँकी छ। भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका १९, ३८ र ४० वर्षका पुरुष र रुपन्देहीका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा आइतबार १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो।

karnali i631IoxsIX

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad