नेपालमा आज(आइतबार) थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गरेर दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा १९ वर्षदेखि १८ वर्षसम्मका पुरुषहरु संक्रमित भएका हुन्।
योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १२३ पुगेको मन्त्रालयले जनाएको छ।
शनिबार रातिमात्र ५९ जनामा संक्रमण देखिएकाे पुष्टि भएकाे थियाे।

याे पनि: कर्णालीमा थप ५९ जनामा कोरोना पुष्टि

प्रतिक्रिया