समाज


सामाजिक सञ्जालप्रतिको विश्वास १.१ प्रतिशत मात्रै

सामाजिक सञ्जालप्रतिको विश्वास १.१ प्रतिशत मात्रै

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १६:४,

नेपाल पत्रकार महासंघले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन/सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन्। सर्वेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका रूपमा टेलिभिजनलाई लिने गरेको, त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२ प्रतिशत र रेडियो सुन्ने १७.६ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ।

सहभागीको सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाई ज्यादै न्यून १.१ प्रतिशत मात्र रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सामाजिक सञ्जालबाट विश्वसनीय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखाएको छ। त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३.१ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै ६२.५ प्रतिशत उत्तरदाताले सञ्चारमाध्यमले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८ प्रतिशत उत्तरदाताको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६ प्रतिशत उत्तरदाताले न्यूनरूपमा पालना भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आचारसंहिता उल्लंघनको तथ्यांकलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ। सर्भेक्षणमा समावेश गरिएका सञ्चारमाध्यममध्ये दोस्रो उल्लंघन गर्ने पत्रपत्रिका चार प्रतिशत र तेस्रो उल्लंघन गर्नेमा टेलिभिजन ३.४० प्रतिशत रहेको सर्भेक्षणबाट देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad