समाज


कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा हवाई फायर

कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा हवाई फायर

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ७:१५,

 कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ।

रौतहटको इशनाथ नगरपालिका ७ स्थित क्वारेन्टिनमा १६ जना संक्रमितमध्ये दुई जनालाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए। यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो।

स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको हो। उक्त क्वारेन्टिनमा ३ सय जना रहेको नगर प्रमुख सन्तोष मेहेताले बताए। उनीहरु सबै भारतबाट फर्किएका हुन्। संक्रमितलाई प्रहरी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा पठाइने मेहेताले बताए।

यसअघि बाँकेको नरैनापुरमा पनि स्थानीयले संक्रमितलाई आइसोलेसनमा लैजान अवरोध गरेपछि सेना परिचालन गरिएको थियो। त्यहाँ निषेधाज्ञा जारी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .