ad ad

समाज


पुलवामा आक्रमणजस्तै अर्को आक्रमणको योजना थियो, त्यसलाई रोक्यौंः कस्मिर प्रहरी

पुलवामा आक्रमणजस्तै अर्को आक्रमणको योजना थियो, त्यसलाई रोक्यौंः कस्मिर प्रहरी

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १२:१,

प्रहरीका अनुसार पुलवामा आक्रमणजस्तै अर्को आक्रमणको योजना आतंकवादीले बनाएका थिए।

बीबीसीहिन्दीका अनुसार कस्मिर प्रहरीले विस्फोटक पदार्थले भरिएको कार नियन्त्रणमा लिएका छन्।

सहि समयमा जाँच हुँदा आक्रमणको योजना विफल भएको प्रहरीको भनाइ छ। विस्फोटक पदार्थले भरिएको कार प्रहरी चेकपोइन्टलाई अटेर गर्दै भागेको थियो।

प्रहरीले उक्त कारलाई एउटा गाउँमा भेटेको थियो। हाल कारका विस्फोटक पदार्थ डिस्पोज भइसकेको जनाइएको छ।

साँभm अँध्यारोको फाइदा उठाउँदै आतंकवादी कारसहित कस्मिर छिरेका थिए। प्रहरीका अनुसार चरपन्थीहरुले भाग्दा गोलाबारी गरेका थिए। तर दुवैतर्फ कुनै क्षति भने भएन।

गतवर्ष जम्मु कस्मिरको पुलवामा जिल्लामा जैस ए मोहम्मद आतंकवादी समुहले आक्रमण गर्दा ४० भारतीय सेनाको ज्यान गएको थियो।

पाकिस्तानको इसारामा आतंकवादीले भारतमा आक्रमण गरेको भारतले आरोप लगाएको थियो। जैस ए मोहम्मद समूहलाई पाकिस्तानी सरकारको साथ रहेको भारतले बताउँदै आएको छ। पाकिस्तानले भारतीय आरोप दोहोर्याउँदै अस्वीकार गर्दै आएको छ।

भारतले प्रतिक्रिया स्वरुप पाकिस्तानमै गएर हवाई आक्रमण गरेपछि पाकिस्तान र भारतबीच युद्धको अवस्था निम्तिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .