सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ। बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वृद्धि नगरिएको तर भत्तालाई निरन्तरता दिएको बताए ।
सरकारले महिनाको तीनहजार सामाजिक भत्ता दिँदै आएको छ।नेकपाले चुनावको बेला भत्तालाई पाँच हजार पु¥याइने प्रतिबद्धता जनाएको थियो । तर, कोरोना संक्रमणको कारण दुई महिनादेखि जारी लकडाउनले अर्थतन्त्रमा असर परेको अर्थमन्त्री खतिवडाले बताए। सरकारले समाजिक सुरक्षा भत्ता नबढाएको देखिन्छ।
सुरक्षा भत्ताका लागि सरकारले यो वर्ष ६७ अर्ब ५० करोड रकम छुट्याएको छ। त्यस्तै ७० वर्षमा माथिका वृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो वर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना अघि सारेको छ ।
प्रतिक्रिया